धनगढीमा अवैध सामानहरु बरामद

महेन्द्रनगर । धनगढीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका सामानहरु बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणबाट खटिएको टोलीले चिनी लगायत लत्ता कपडा बरामद गरेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित बुद्धचोक र वडा नम्बर १३ को राजपुरबाट ती समानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई लाख १८ हजार आठ सय ८८ रकम बराबरको अवैध समाग्रीहरु बरामद गरिएको हो। उक्त सामानहरु कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

ताजा समाचार