सुदूरपश्चिम प्रदेशसभाका सचिवको गाडीले स्कुल बसलाई दियो ठक्कर

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीको गाडीले स्कुल बसलाई ठक्कर दिएको छ।

सोमबार बिहान धनगढी उपमहानगरपालिकाको हसनपुर ५ मा बोगटीले चलाएको से १ झ २७६ नम्बरको गाडीले सैनिक आवासीय महाविद्यालयको बसलाई ठक्कर दिएको हो ।

बोगटीले ओभर टेक गर्ने क्रममा स्कारपियो विद्यालयको बा २ क ७३५ नम्बर बससँग ठोक्किएको हो । दुवै गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको जनाइएको छ ।

ताजा समाचार