प्रेम सम्बन्धमा शंका उब्जिएपछि भरतराम कोलीले मायाको हत्या गरेको खुलासा

महेन्द्रनगर। पञ्चेश्वर गाउँपालिकाकी माया लुहारको हत्याको कारण प्रेम सम्बन्धमा शंका उब्जिएपछि शिवनाथ गाउँपालिकाका भरतराम कोलीले मायाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

अभियुक्त कोलीलाई सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी सावर्जनिक गरेको छ। उनी शसस्त्र प्रहरी वल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत रहेको बैतडीका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर शाहीले बताए ।

‘दुई जनाबीचको प्रेम सम्बन्धका कारण हत्या भएको देखिएको छ’ शाहीले भने ‘अभियुक्तले मृतक युवतीलाई प्रेम गर्ने र उनको सम्बन्ध अरुसँग पनि भएको शंकाले योजनावद्ध तरिकाले हत्या भएको देखिन्छ ।

’आइतवार महेन्द्रनगरबाट पक्राउ परेका कोलीलाई कडा सुरक्षाका बीच प्रहरीले सोमबार नै जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ। मंसिर १३ गते घाँटी रेटी मायाको हत्या गरिएकी थियो।चक्कु प्रहारबाट उनीसँगै शिवनाथ गएकी भदै १५ बर्षिया नेहा लुहार घाइते छिन्।

उनको डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ। हत्या आरोपी कोली मंसिर ७ गते बिदामा घर आएको र उनले योजनावद्ध तरिकाले मायाको हत्या गरेको प्रहरीले जनाएको छ ।यही मंसिर ११ गते कोलीले भेट्न बोलाई पंचेश्वर–४ को आम्चोरा जाने बाटोमा मृतकको मोबाईल नियन्त्रणमा लिएका थिए ।

१३ गते मोबाईल फिर्ता गर्ने भन्दै मायालाई शिवनाथ गाउँपालिका–६ को ओल्याओखडानी ठुलखोला सामुदायिक वनमा बोलाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ताजा समाचार