धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा ल्याब स्थापनाको माग गर्दै तालाबन्दी

महेन्द्रनगर। धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन् । कैलालीको धनगढी वडा नम्बर ६ मा रहेको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा आज विद्यार्थीहरुले ताला लगाएका हुन्।

धनगढी उप–महानगरपालिकाद्वारा सञ्चालित सो इन्स्टिच्यूटमा विद्यार्थीले ल्याब स्थापनाको माग गर्दै ताला लगाएका हुन्। विद्यार्थीहरुले ड्रोइङ शिक्षक, शौचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको माग गर्दै तालाबन्दी गरेको बताएका छन्। यसअघि गत साउन अन्तिम साता तालाबन्दी गरिएको विद्यार्थीहरुको भनाई छ ।

ताजा समाचार