कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ।

एक महिलाले न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडित महिलाले मंसिर पहिलो साता नै जाहेरी दिएको प्रहरीले जनाएको छ।

यता न्यायाधीश गिरीले पनि ती महिलाविरूद्ध चोरीको मुद्दामा जाहेरी दिएका छन्।

यी दुबै उजुरी दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीनबहादुर घलेले जानकारी दिए।

‘बलात्कार आरोपमा न्यायाधीश गिरीविरूद्ध निवेदन आएको छ,’ डिएसपी घलेले भने, ‘जाहेरी दिन आएकी महिलाविरूद्ध पनि न्यायधीश गिरीले चोरीको आरोप लगाउँदै जाहेरी दिनुभएको छ। तर हामीले दुबैको मुद्दा दर्ता गरेका छैनौं। प्रारम्भिक अनुसन्धान गरिराखेका छौं।’

जाहेरी किन दर्ता नगरिएको भन्ने प्रश्नबारे उनले थप बताउन चाहेनन्।

spot_img

ताजा समाचार