कृष्णपुर नगरपालिका कृषि विकास शाखाको अनुदानमा कृषकहरुलाई प्याजको बीउ र च्याउको बिउ वितरण

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको प्रांगणमा विकास शाखाको अनुदानमा कृषकहरुलाई प्याजको बीउ र कन्ये च्याउको बिउ वितरण जारी रहेको छ।

च्याउ र प्याजको बीउ ५०% अनुदानमा दिन थालेपछि विभिन्न वडाहरुबाट धेरै किसानहरु बीउ लगेका छन् ।अनुदानमा बीउ वितरण कार्यक्रम शुभारम्भ गर्नुहुँदै नगरप्रमुख श्री हेमराज ओझाले कृष्णपुर नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन पकेट क्षेत्र छुट्याएर योजनाबद्ध तरीकाले आफु अगाडि बढिरहेको बताउनुभयो ।

व्यवसायीक कृषि खेती गर्ने किसान दाजुभाइ तथा दिदीबहिनीलाई सिजन अनुसार अनुदानमा बीउ बिजन वितरण गर्नेदेखि निशुल्क परामर्श एवं प्राविधिक सेवा नगरपालिकाले उपलब्ध गराइरहेकोले यसको लाभ लिन नगरप्रमुखले आग्रह गरेका छन् ।

बीउ वितरण कार्यक्रममा नगर उपप्रमुख द्रोपती राना र कृषि प्रसार शाखा अधिकृत लाल बहादुर धामीको पनि उपस्थित रहेका थिए ।

भोलि र पर्सीसम्म पनि वितरण गरिने कृषि प्रसार शाखा अधिकृत लाल बहादुर धामीले बताउनुभएको छ ।

ताजा समाचार