सुर्खेतको पञ्चपुरीमा श्रीमानले श्रीमतीको टाउको काटेर हत्या

महेन्द्रनगर । सुर्खेतको पंचपुरीमा श्रीमानले श्रीमतीको टाउँको काटेर हत्या गरेका छ्न् ।

पञ्चपुरी नगरपालिका वडा नंं. ३, तोक्मामा मा बस्ने ३८ वर्षिय अमर बहादुर आले ले आफ्नै ३१ बर्षिया श्रीमती मिना आले मगरको धारिलो हतियार हसियाले घाँटि रेटेर हत्या गरेका हुन् ।

घाटि रेटेर हत्या गरेपछि पलास्टिकको झोलामा टाउँको लिएर प्रहरी चौकी खोज्दै हिँडिरहेको बेला प्रहरीले आलेलाई नियन्त्रण गरेको हो ।

प्राम्भारिक अनुसन्धानमा प्र.नि. देउवाका अनुसार छोरा छोरी विद्यालय गएको बेला श्रीमती अन्य व्यक्त्तिसँग फेला पारेपछि हत्या गरिएको हुन सक्ने बताए ।

आले हाल ई.प्र.का.बाबियाचौर सुर्खेतमा प्रहरीको नियन्त्रणमा छ्न् । प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

ताजा समाचार