छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय आन्दोलनमा उत्रिए

महेन्द्रनगर । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय आन्दोलनमा उत्रिएपछि बेदकोट नगरपालिकाका व्यापक प्रहरी परिचालन गरिएका छन् । नगरपालिकाका सर्बदलीय सर्वपक्षीय बैठक बस्ने तयारी गरिएपछि कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।

कार्यालयमा प्रहरीहरु माइक सहित सबै सुरक्षा सावधानीका साथ परिचालन भएका छन् । छाडा चौपाया व्यवस्थापनका लागि माग राखेर स्थानीय आउने आशंकामा उनीहरुलाई कार्यालयभित्र प्रवेश नगर्न नदिने गरी प्रहरी परिचालन गरिएको छ ।

नगरपालिकाले सर्वपक्षीय छलफल गरी छाडा चौपाया व्यवस्थापनका लागि अघि बढ्नु पर्नेमा प्रहरीको सहारा लिएपछि आन्दोलन थप चर्किने सम्भावना बढेको छ । नगरपालिका कार्यालयमा भएका केही स्थानीयले प्रहरी परिचालनपछि तनावको अवस्था आएको बताएका छन् ।

पाँच दिन अघि छाडा चौपायालाई चुनेपानी लैजान अवरोध खडा गरिएपछि स्थानीय गाई गोरु कार्यालयभित्र हुलेर आन्दोलनमा उत्रिएका हुन् । दुई दिन कार्यालयभित्र राखिएका गाई गोरु बाहिर खाल्डोमा गाडिएको अवस्थामा भेटिएपछि स्थानीय थप आक्रोशित हुन पुगेका छन् । मंगलबार चुरे क्षेत्रमा गाडिएको अवस्थामा गाई गोरु भेटिएका थिए ।

स्थानीय ती गाई गोरु भीरबाट खसालेर मारको आरोप लगाएका छन् । केहीले भने चुरे क्षेत्रमा लैजाने क्रममा ट्रकमा कोचिएर ती गाई गोरु मरेपछि खाल्डोमा पुरिएको आशंका गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता हरि सुवेदी सहितले स्थलगत अनुगमनका क्रममा ती छाडा पशु चौपाया भेटिएका हुन् । ‘कार्यालयबाट लगेपछि कता व्यवस्थापन गरिएको रहेछ भनेर हेर्न जाँदा खाल्डोमा पुरिएको अवस्थामा भेटिएका हुन्’ नेता सुवेदीले भने ।

नेकपा बहुमत र नेकपा (क्रान्तिकारी माओवादी) ले विज्ञप्ति प्रकाशित गर्दै नगरपालिकाको यो कार्यको विरोध गरेको छ । अव्यवस्थित ढंगले लिप्ना सडक खण्डमा छोडेका गाईगोरुको तत्काल व्यवस्थापन गरिनु पर्ने माग विज्ञप्तिमा गरिएको छ ।

‘घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरु माथि कडा भन्दा कडा कार्वाही गर्न हुन प्रशासन समक्ष माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरु माथि कडा भन्दा कडा कार्वाही गर्न हुन प्रशासन समक्ष माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बेदकोट नगरपालिकाले मंगलबार कार्यपालिका बैठकबाट सबै वडामा अस्थायी रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । बेदकोटका प्रवक्ता चित्रदेब भट्टले सबै वडामा काञ्जी हाउस बनाएर अल्पकालिन व्यवस्थापन गर्ने निर्णय गरिएको बताए ।

‘नगरपालिका कार्यालय नजिक पुल छेउ सहित सबै वडामा अल्पकालिन व्यवस्थापनका लागि काञ्जी हाउस बनाउने निर्णय गरिएको छ,’ उनले भने,‘बैतोडामा दिगो व्यवस्थापन गर्छौ ।’

ताजा समाचार