बझाङबाट डडेल्धुरा जाँदै गरेको जिप बैतडीमा दुर्घटना, ४ जना गम्भीर घाइते

महेन्द्रनगर। बझाङबाट डडेल्धुरा जादै गरेको जिप बैतडीमा दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरीका अनुसार बुधबार बिहान सुर्नया गाउँपालिका–६ दुदिलाखान नजिक से१च १२२६ नं। को जिप दुर्घटनामा परेको हो।घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका–५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बुंगल नगरपालिका–९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका छन्।

नरपती र काली पातलीको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ।जिप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ।

ताजा समाचार