कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

महेन्द्रनगर । कैलालीमा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ।

मंसिर १८ गते कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि गोदावरी ९ को सेहरी जंगलमा सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएका छन् ।

बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय बिनोद खत्री र २४ वर्षीय नविन चौधरी पक्राउ परेका छन्। मंगलबार उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरीले जानकारी दिएका छन् ।

बालिकाको स्वास्थ्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। आरोपितलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ।

ताजा समाचार