कञ्चनपुरःसर्वदलिय बैठकमा चौपायाको दिगो व्यवस्थापन सम्बन्धि छलफल

महेन्द्रनगर । कञ्चनपुरमा गौमाता एवम् नंदी (छाडा चौपाया) को दिगो व्यवस्थापन गर्ने विषयमा सर्बदलिय बैठकमा छलफल भएको छ । मंगलवार जिल्ला समन्वय समिति कञ्चनपुरमा बसेको सर्वदलिय एवम् सर्वपक्षिय बैठकमा जिल्लामा प्रमुख समस्याका रुपमा रहेको सामुदायिक चौपायको दिगो व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो ।

विगतमा चौपाया व्यवस्थानका लागि दिगो रुपमा योजना नबनाउँदा उक्त समस्या समाधान हुन नसकेको बताउदैँ जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले चौपायाको दिगो समाधानका लागि हिजो (मंगलवार) आह्वान गरिएको सर्वदलिय बैेठकमा छलफल भएको बताए ।

‘विगतमा स्थानिय तहहरुले स्थानियस्तरमै चौपाया व्यवस्थापन गर्ने प्रयास गर्दा समस्या समाधान हुन सकेन ।’ समन्वय प्रमुख बोहराले भने ‘विगतमा एउटा पालिकाले चौपाया व्यवस्थापन गर्दा अर्को पालिकाबाट फेरी त्यहाँ चौपाया जाने,आउने गर्दा समस्या यतावत नै रहेको छ । उनले अगाडी भने ‘त्यसैले सकेसम्म कैलालीको चिसापानी यता नभए कञ्चनपुरका सबै पालिका,प्रदेश एवम् अन्य सरकारी निकायहरुले उक्त समस्यालाई साझा समस्याका रुपमा लिएर दिगो व्यवस्थापन गर्नुपर्ने आवश्यक छ । हिजो मंगलबार सर्वदलिय बैठकमा त्यही विषयमा छलफल भएको हो ।’

उनकाअनुसार जिल्लामा सामुदायिक चौपायाको समस्या समाधानका लागि निरन्तर छलफल बैठक भइरहेको छ । र भोली (विहिवार) फेरी सर्वदलिय बैठक आह्वान गरिएको छ ।

मंगलबार सम्पन्न सर्वदलिय बैठकमा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा,प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल,सुरक्षा निकायका प्रमुख,विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,पत्रकार एवम् समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

चौपायाको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्दै भीमदत्त

भीमदत्त नगरपालिकाले गौमाता एवम् नंदी (छाडा चौपाया) व्यावस्थापन लाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । चौपायाको दिगो व्यवस्थापनका लागि नगर प्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशीले सम्भावित जग्गाको अवलोकन र गौ संरक्षण अभियानका अभियान्ता तथा विज्ञहरु सङ्ग भेटघाट तिब्र बनाएका छन् ।

भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्न सहकार्य गर्ने विषयमा समेत छलफल गरिएको नगरप्रवत्ता महेन्द्र खड्काले बताए ।

केही महिना अघि नगर प्रमुख बोगटीको नेतृत्वमा नगर उपप्रमुख, बेदकोट नगरपालिकाका नगर उप–प्रमुख तुलसी जोशी,भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगाएतको टोलीले छाडा चौपाया व्यवस्थापनका लागि बेदकोट नगरपालिका–४ बैतडा स्थित सम्भावित जग्गाको अवलोकन समेत गरेका थिए ।

सम्भावित जग्गाको अवलोकनपछि सो क्षेत्रमा दुइवटै पालिकाका चौपाया व्यवस्थापन गर्न अन्य कामहरुपनि अगाडी बढाइएका छन् । मेयर बोगटीका अनुसार भीमदत्तले मात्रै चौपाया व्यवस्थापन ग¥यो भने बेदकोटबाट फेरी चौपाया आउछन् र बेदकोटले मात्र व्यवस्थापन ग¥यो भने भीमदत्तबाट चौपाया उता जान्छन ।

त्यसैले दुबै पालीकाले मिलेर छाडा चौपायाको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुने भएकोले सो विषयमा बेदकोटका प्रमुख,उपप्रमुख संग छलफल भएको छ । ‘भीमदत्त र बेदकोट दुबै पालिकाले चौपायाको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुन्छ ।’ नगर प्रमुख बोगटीले भने ‘त्यसैले सहकार्य गर्ने विषयमा बेदकोटका नगर प्रमुख ,उपप्रमुख संग छलफल भएको छ । केही काम अगाडी पनि बढेका छन् ।’

ताजा समाचार