महेन्द्रनगर। कैलालीमा भारत बाट ल्याउदै गरेको भन्सार छलेर नेपाल ल्याएको समान सशस्त्र प्रहरीले बरामद गरेको छ । कैलालीको गोदावरी नगरपालीका २ तेघरी ईलाकामा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइदै गरेको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीकाट खटिएको गस्ति टोलीले चार लाख तेह्र हजार बरावरको समार बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिए ।
उनका अनुसार गोदावरी नगरपालीका २ तेघरी ईलाकामा भारतबाट भन्सार छली मोवाईल, मोवाईल पार्टस, गाडीका सामान र कपडा बरामद गरेका छन् । उक्त समान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।