लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ

महेन्द्रनगर। कञ्चनपुर भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदी किनारबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले वडा नं. ३ तिलकपुरका १८ वर्षीय हरिश बोहरा, २३ वर्षीय सन्तोष प्वाली र २१ वर्षीय योगेश धामीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले करिब १४ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार