कञ्चनपुरमा किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा तीन जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरीले जानकारी दिएका छन् ।

गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ ।

जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरू सहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक पटक जबर्जस्तीकरणी गर्ने गरेको किशोरीको भनाइ रहेको छ ।

ताजा समाचार