डोटीमा नदीमा बगेर ३५ वर्षीय एक जनाको मृत्यु

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । डोटीमा नदीमा बगेर एक जनाको मृत्यु भएको छ।

सेती नदीमा बगेर शिखर नगरपालिका–२ मुडेगाउँ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार शनिबार बोगटी मृत अवस्थामा फेला परेका छन्। सोही नगरपालिका–२ सालमनी मन्दिर नजिक सेती नदीमा नुहाउने क्रममा उनी बगेका थिए।

नदीले बगाई बेपत्ता भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी र ईलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बगाएको स्थानबाट करिब ४ सय मिटर तल शव फेला परेको थियो।

spot_img

ताजा समाचार