जनताको माँझमा रहेर काम गर्छु: प्रदेश सभा सदस्य सरल

महेन्द्रनगर ।कञ्चनपुर निर्वाचन क्षेत्र २(क)बाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य ओम विक्रम भाट(सरल)ले जनताको माँझमा रहेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन क्षेत्र २(क)कृष्णपुर नगरपालिका ६ सिंहपुर सामुदायिक वनको हलमा पत्रकार सम्मेलनमा उनले धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै चुनावका बेला जनतासंग गरेका बाचा प्रतिबद्धता अनुरुप काम गर्ने बताउनुभएको छ ।

सरलले भने, ‘यस कार्यका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंगै रहेर काम गर्छु ।’ सरलले पुरानो परम्परा तोड्नुपर्नेमा जोडदिए । ‘विगतमा चुनावका बेला नेता जनताको घरदैलोमा र चुनावपछि नेताको घरदैलोमा जनता चहार्नुपर्ने संस्कार हटाउँछु, ।

’उनले आफु जनताको सेवक भएको नाताले कैलालीमा रहेर काम नगर्ने र आफनो सबै मतदाताहरुको पायक पर्ने क्षेत्र भनेको वाणी भएकाले त्यँही एउटा सम्पर्क कार्यालय खोलेर जनताहरुसँग प्रत्यक्ष भेट गरेर, उनिहरुको समस्या बिचारसँग नजिक रहेर विकास निर्माण तथा अन्य विषयमा रहेर सेवा गर्ने बताएका छन् ।

निर्वाचन क्षेत्रको दिगो विकास निर्माणका लागि यस क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित एनपी साउद, प्रदेश सभा सदस्य बहादुर सिह थापासंगै अघि बढेर काम गर्ने उनले बताए । ‘जसरी मलाई अमुल्य मतदिई यहाँसम्म पु¥याउनुहुने सम्पूर्ण महानुभाव मतदाता, जनताप्रति हार्दिक अभाव प्रकट गर्दछु, ‘उनले भने, ‘निर्वाचनमा अहोरात्र खटिने गठबन्धनका दलका नेता कार्यकर्ताप्रति समेत हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

’क्षेत्रका विकास निर्माणदेखि युवामुखी, उत्पादनमुखी कार्यक्रम अघि बढाएर जनताले दिएको मतको कदर गर्दै अघि बढ्ने बताए । ‘मैले सक्नेजति काम जनतासंग बाचा गरेको थिए, ‘उनले भने, ‘चुनाव जित्ने होडबाजीले धेरै बोल्ने कम काम गर्ने भन्ने होईन, कम बोलेर बढि काम गर्ने हो ।

’ सरलले क्षेत्रको कटानी, डुवान, छाडा पशु चौपाया नियन्त्रण, स्वास्थ्य, शिक्षा, खानेपानी, तटबन्ध सहितका युवा स्वरोजगारमुखी कार्यक्रम, कृषि उत्पादनमुखी कार्यक्रम सहितका योजना अघि बढाउने बताए ।कार्यक्रममा निर्वतमान प्रदेशसभा सदस्य महेश दत्त जोशीले विगतका योजनालाई निरन्तरता दिदै अघि बढ्न सुुझाव दिनुभयो ।

‘क्षेत्रको विकासका लागि यस अघि सारिएका योजना निरन्तर अघि बढाउनुपर्छ, ‘उनले भने, ‘अब नमुनाकै रुपमा विकास अघि बढाउनुपर्छ ।

’ काँग्रेस नेतृ एव समानुपातिकबाट प्रदेश सभा सदस्यमा सिफारिस भएकी गिता चौधरीले पिछडीएको क्षेत्रका महिला र बालबालिका क्षेत्रमा काम गर्ने बताए ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता लेखराज भट्टले गठबन्धनबाट निर्वाचित प्रतिनिधी तथा प्रदेश सभा सदस्यहरुले नयाँ ढङबाट विकास निर्माणका काम अघि बढ्नुपर्नेमा जोडदिए ।

ताजा समाचार