महेन्द्रनगरमा सुदूरपश्चिमको अध्ययन सम्बन्धी तिन दिने अन्तराष्ट्रिय सम्मेलन सुरु

महेन्द्रनगर । आजबाट महेन्द्रनगरमा सुदूरपश्चिमको अध्ययन सम्बन्धी तिन दिने अन्तराष्ट्रिय सम्मेलन सुरु हुदैछ ।

सुदूरपश्चिमको अध्ययन विषयमा अन्तराष्ट्रिय सम्मेलन आजबाट सुदूरपश्चिम विश्वविद्यालयको आयोजना तथा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलको प्राविधिक सहयोगबाट हुन लागेको छ ।

सुदूरपश्चिम सम्बन्धी विबिध पक्षहरुमा ज्ञानको उत्सर्जन गर्ने उद्देश्य राखी विश्वविद्यालयले उक्त सम्मेलनको आयोजना गरेको आईतबार पत्रकारसम्मेल मार्फत जानकारी दिएका छन्।

विश्वविद्यालयका सम्मेलन आयोजक समितिका संयोजक इन्जिनियरिङ्ग संकायमा डीन डा. किसन भट्ट सहित रजिष्ट्रार यज्ञराज पाठक, उप कुलपति प्रा.डा. जोशी समितिका सदस्य उप प्राध्यापक दिपकचन्द्र भट्ट लगायत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनले सुदूरपश्चिमको वास्तविकता बारे विबिध पक्षको ज्ञान बाहिर ल्याउन सहयोग पुग्ने, नयाँ सोधकर्ताहरुलाई अध्ययनका लागि सहयोग मिल्नुका साथै सरकारका विभिन्न निति बनाउनका लागि उपयोगि हुने विश्वविललयका उपकुलपति प्राडा अम्मराज जोशीले बताए ।

सुदूरपश्चिमको साहित्य, कला, कृषि, समाज, ईन्जिनियरिङ्ग, मेडिकल, शिक्षा, बातावरण, सामाजिक, विज्ञान, ईतिहासगायतका विषयमा एक वटा सोधपत्र प्रस्तुत हुने उपकुलपति प्राडा जोशीले बताए ।

सम्मेलन आयोजक समितिका उपसभापति डा. कृष्ण अधिकारीले अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनको आफ्नै खाका हुने भएकोले यसलाई बहुबिधाको सम्मेलनका रूपमा हेरिएको बताए ।

उनले सम्मेलनमा दुईप्रकारका गरी ४ सय १६ जना सहभागिले प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताए ।

सम्मेलनमा स्वीजरल्याण्ड, जर्मन, जापान, भारत, चिनलगायतका नौ देशबाट सोधकर्ताहरु सम्मेलनमा सहभागि हुने विश्वविद्यालयले जनाएको छ ।

१९० जना भौतिकरुपमै सहभागि हुदैछन भने बाकी भर्चुअल माध्यमबाट सहभागि हुनेछन् ।

सम्मेलनमा सम्मेलन आयोजक समितिका सदस्य उप प्रा दिपकचन्द्र भट्टले सम्मेलनमा प्रस्तुत हुने अध्ययन प्रतिवेदन एक वर्ष अघि देखि नै अध्ययन गरी तयार गरिएको बताए ।

‘एक वर्ष अघि देखि नै विभिन्न विषयमा अध्ययन गरी रिसर्च पेपर तयार गरिएका छन्’ उनले भने,

’सुुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन गइरहेकोले यसले विभिन्न विधाको विकासलाई अध्ययन, अनुसन्धान गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

प्रा. यज्ञराज पाठकले सम्मेलन आयोजना गर्नको लागि विश्वविद्यालय अनुदान आयोग, पर्यटन बोर्ड, कञ्चनपुरमा रहेका विभिन्न बैक र नगरपालिकाहरुले सहयोग गर्ने बताएका छन् ।

स्थापनाको १० वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो प्राज्ञिक विधालाई विस्तार गरिरहेको छ । यसले विश्वविद्यालयको महत्त्व र ओजलाई अझै बढाउने देखिन्छ ।

ताजा समाचार