महेन्द्रनगरको जनज्योति चोकबाट लागूऔषधसहित समातिए दुई जना युवा

महेन्द्रनगर। कञ्चनपुर महेन्द्रनगरको जनज्योति चोकबाट लागूऔषधसहित समातिए दुई युवा पक्राउ गरेको छ ।

शनिवार राति पनि कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–३ जनज्योति चोकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका–४ का ३८ वर्षीय अनिल सिंह रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो।

ताजा समाचार