धनगढीमा साल्ट ट्रेडिङ खान अयोग्य नुनको प्रयोगशाला परीक्षणको रिपोर्ट लुकायो

महेन्द्रनगर । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले दुई वर्ष अघि अस्वीकृत भएको नुनको गत महिना प्रयोगशाला परीक्षण गर्न नमुना संकलन भएको थियो।

अखाद्य नुन बजारमा पठाउने चलखेल भएको भन्ने समाचार प्रकाशित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षणका लागि नमुना लगेको थियो। गत महिना नै परीक्षण रिपोर्ट तयार गरि साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीलाई दिइएको भइएको छ। तर रिपोर्ट नै प्राप्त नभएको साल्ट ट्रेडिङ धनगढी कार्यालयले दाबी गरेको छ।

२०७७ असोजमा साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले खरिद गरेको २ हजार ५ सय मेट्रिक टन फ्रि फ्लो नुन खान अयोग्य भनेर वितरण नगर्ने निर्णय भएको थियो। गत कार्तिकमा आएर त्यो नुन बजारमा पठाउने चलखेल सुरु भएको खबर दिनेशखबरमा छापिएको थियो।

दुई वर्ष अगाडि साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीको दुई नम्बर गोदाममा राखिएको नुन जनस्वास्थ्यका लागि हानिकार भन्दै अस्वीकृत गरिएको थियो। तर, त्यहीँ नुन दुई वर्षपछि प्रयोगशाला परीक्षणको नाटक रचेर बजारमा लैजाने चलखेल साल्ट ट्रेडिङ रहेको आशंका थप बलियो भएको छ। किनभने, परीक्षण रिपोर्ट लुकाउने प्रयासमा साल्ट ट्रेडिङको धनगढी कार्यालय लाग्नुले थप आशंका उब्जिएको छ।

ताजा समाचार