अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टीम मुम्बई प्रस्थान

महेन्द्रनगर । अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टिम मुम्बई तर्फ प्रस्थान गरेको छ।

मिक्स मार्शल आर्ट फिड्रेशन इण्डियाको आयोजनामा डिसेम्बर १८ गते देखि मुम्बईमा हुन लागेको अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टीम आज भारत प्रस्थान भएको छ।

काठमाडौं मच्छेगाउँमा रहेको नरहरिपुर डोजोका मुख्य प्रशिक्षक, टीम कोच रवीन्द्र मानन्धरको नेतृत्वमा ७ जना खेलाडीका साथै टीम म्यानेजर सानु भाइ थापा मगर र रेफ्री राकेश श्रेष्ठको टोली उक्त प्रतियोगितामा सामेल हुने प्रशिक्षक मानन्धरले जानकारी दिएका छन्।

नेपालले उक्त प्रतियोगिताको कता र कुमुते गरी कराँतेका २ विधामा भाग लिने छन्। कराँते कातामा पुरुष टीम काता मात्र रहने र कुमुते तर्फ पुरुषमा राजकुमार श्रेष्ठ, मनिस कार्की , अमृत ठोकरले क्रमशः ५५,६०,६७ भिड्ने छन भने महिलामा कुमुते तर्फ सञ्जु देशार, श्रृजना महतारा, नानु शाक्य र श्रद्धा थापाले क्रमशः ५४,५०,५५,६१ केजी तौल समूहमा प्रतिश्पर्धा गर्ने कोच मानन्धरले जानकारी दिएका छन् ।

नेपालको खेल क्षेत्रमा अतुलनीय योगदान दिदै आएका मानन्धरले कोभिडको लकडाउनमा समेत खेलाडीलाई अनलाईन कराँते काता प्रतिश्पर्धामा सहभागी गराई नेपाललाई अन्तराष्ट्रिय मेडल दिलाएका छन्

ताजा समाचार