महेन्द्रनगरमा बसको ठक्करले विद्यार्थीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा बसको ठक्करले एकाबिहानै एक विद्यार्थीको मृत्यु भएको छ ।

शुक्रबार बिहान ७ बजेतिर पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत सुडा क्षेत्रमा बसको ठक्करले विद्यार्थीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले महेन्द्रनगर देखि दार्चुलाका लागि छुटेको ना ६ ख ६५२१ नम्बरको यात्रु बहाक बसको ठक्करले २१ बर्षिय विद्यार्थी कविराज बैद्यको मृत्यु भएको हो ।

कविराज महेन्द्रनगरको कञ्चन विद्यामन्दिर सामुदायिक क्याम्पस स्नातक तह प्रथम बर्षमा अध्ययनरत थिए । बेदकोट नगरपालिका ६ सियैयाका स्थानीय कविराजको घरदेखि क्याम्पस जाने क्रममा विच बाटैमा बसले ठक्कर दिदा घाईते भएका थिए ।

घटना स्थलदेखि अस्पताल पु¥याउँदा अस्पतालले कविराजलाई मृत घोषणा गरेको छ ।


मृतक कविराजको शव महाकाली अस्पतालमा राखिएको छ ।पढन हिडेको छोरा विचबाटैमा अस्थाएपछि बैज परिवार, आफन्त एव साथिभाई शिक्षक स्तब्ध भएका छन ।

बैतडी सुर्नया घर भएका बसका चालक सन्तोष ऐर प्रहरी नियन्त्रणमा छन । पुष महिना प्रवेसकै दिन अत्यधिक कुहिरोका कारण साईकल यात्री नदिएको दुर्घटना हुनसक्ने प्रहरीको अनुमान छ ।

कञ्चन विद्या मन्दिरका विद्यार्थी नेता भुवन सिह विष्टले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्न बताए । नेता विष्टले घरबाट हिडेका विद्यार्थी विचबाटैमा मृत्यु हुनु दुखत विषय भएकाले चालक, बस सहित नियन्त्रण गरेर कानुनी कार्बाही नगरिए आन्दोलनको चेताव

ताजा समाचार