निर्वाचन आयोगले आज निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन बुझाउँदै

महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले आज बुझाउँदैछ। आयोगले निर्वाचन प्रतिवेदन प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो।

सुदूरपश्चिममा दिउँसो १ बजे निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी धनगढी पुगिसकेका छन् । सुदूरपश्चिममा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने छन्। आयोगले अन्तिम परिणम बुझाएपछि नयाँ सरकार गठनको ढोका खुल्ने छ।

यसअघि नै आयोगले प्रतिनिधिसभातर्फको निर्वाचन परिणम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो।

ताजा समाचार