बंगुर पालन बाट मनग्य आम्दानी गदै कञ्चनपुरका युवा

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका-८ भासी बस्ने सञ्जिव डगौरा व्यवसायिक रूपमा बंगुर पालन गर्दै आउनु भएको छ ।

उहाँले व्यवसायको रूपमा बंगुर पालन गरेको ८ वर्ष भयो । आमा बुबाले ७ वटा बंगुर बाट सुरु गरेको यो व्यवसाय अहिले सञ्जिव आफैले बढाएर ९० वटा सम्म पुर्याउनु भएको छ ।

बंगुर व्यवसायी गर्नु पुर्व आफुले आफ्नै निजि मेडिकल ल्याब खोलेर काम गर्ने गरेको सञ्जिवले बताए ।

उनले त्यस बाट आफूलाई मनग्य आम्दानी नभए पछि बुवाले गरेको व्यवसायीलाई अंगाल्दै उनी आफु पनि त्यसै व्यवसाय तिर लागेर काम गर्न थालेको बताउनु भो ।

१ लाख लगानीबाट बंगुर पालन व्यवसाय सुरु गरेको अहिले १५ लाखको हारहारीमा लगानी लागेको सञ्जिवले बताउनु भयो ।सञ्जिवले ७ वटा खोर बनाएर सुरुवात गरेको अहिले ३२ वटा खोरमा बंगुरलाई अलग अलग खोरमा व्यवस्थित गरेका छन् ।

जसबाट मासु र बच्चा दुवै बिक्री गरेर आम्दानी गर्ने गरेका छन्।मासुका लागि बंगुर तयार गर्नुका साथै उन्नत जातका बंगुरका पाठापाठी समेत बिक्री गर्नु हुन्छ ।११२ दिनमा एउटा माउको ४ देखि १६ वटा सम्म बच्चा पाउँछन् ।

उत्पादन भएका पाठापाठीहरु ५ हजारको दरले बिक्री गर्ने गरेको र सुदुरश्चिम भित्रका ९ वटै जिल्लाहरूमा बिक्री गर्ने गरेको उनले बताए ।

सञ्जिव भन्नुहुन्छ, बंगुरका पाठापाठी ४५ दिनमा बिक्रीका लागि तयार भइसक्छन् । जसमा मासुका लागि भन्दा पनि पाठापाठी उत्पादन गर्न सकियो भने फाइदा लिन सकिनी उनी बताउँछन्।

यसै गरी बंगुर पालन गर्दा निकै ध्यान दिनु पर्ने हुँदा जसमा बंगुर लाई दैनिकमा ३ पटक आहार खुवाउनु पर्छ , गर्मि याममा बङ्गुरलाई दिनको तिन पटक नुहाउनु पर्ने आहारमा ढुटो, चोक्कर, बरान, दलो लगायतको खाना मात्र खुवाउने गरेको र बाहिरिको घरमा बचेको मिसावट खानाले असर गरेपछि त्यस्तो खाना नखुवाउने गरेको उनी बताउँछन् ।

वार्षिक रूपमा उनले ७ देखि ८ लाख सम्म मनग्य आम्दानी कमाउने गरेको उनी भन्छन्, आफूले कुनै पनि सरकारी निकाय बाट सहयोग नपाएको गुनासो पोख्नु भयो र आफुले गरेको व्यवसायीमा गैर सरकारी संस्था सम्रित कल्याण कृषि सहकारी संस्था र सनराईज बैंकले ऋणा सहयोग गरेको र

अहिले आफ्नो घर परिवारका सदस्यहरूले कामका लागि सघाउने गरेको यस बंगुर व्यवसायबाट राम्रो आम्दानी हुन गएको हुँदा आगामी दिनमा यस व्यवसायलाई व्यवस्थित तरिकाले अगाडि बढाउँदै लैजाने योजना रहेको उनले बताउनुभयो ।

ताजा समाचार