राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन यही असोज १६ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत असोज १३ गतेको सिफारिसका आधारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार शुक्रबार मध्यरातिदेखि संसद्का दुवै सदनको कारबाही औपचारिक रूपमा सम्पन्न हुनेछ। सरकारले बजेट पारित गर्नुका साथै विभिन्न विधेयकहरूमाथि छलफल सकेर अधिवेशन अन्त्यको सिफारिस पठाएको थियो।

ताजा समाचार