बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

प्रकाशित मिति:

बझाङ। बझाङको सुर्मा गाउँपालिकास्थित चैनपुर–दौलिचौर सडक खण्डमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई यात्रु घाइते भएका छन्।

बिहान करिब १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको बोलेरो जिप सडकबाट खस्दा चालक सुर्मा गाउँपालिका–४ का कुन्दन बोहराको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका जयपृथ्वी नगरपालिका–८ की २५ वर्षीया विपना बोहरा र भारत, कोलकाताका ४५ वर्षीय सुवासिस दासको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

ताजा समाचार