कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

महेन्द्रनगर । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन्।

आज पार्टी मुख्यालयमा भएको निर्वाचनमा देउवा ६४ मत सहित बिजयी बनेका हुन्।

कांग्रेसमा संसदीय दलको नेताको लागि सभापति देउवा र महामन्त्री गगनकुमार थापा बीच प्रतिस्पर्धा भएको थियो। थापा देउवा संग ३९ मतले पराजित भएका छन्।

देउवाले ६४ मत प्राप्त गर्दा थापाले २५ मत ल्याएका छन्। कांग्रेस भित्र थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा तथा युवा नेता प्रदीप पौडेलको समर्थन रहेको थियो।

ताजा समाचार