महेन्द्रनगर । बैतडी पाटन नगरपालिकामा शिक्षक धनबहादुर बिष्ट प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै बुधवार तालाबन्दी गरिएको छ ।
स्थानीय सरकारले पिडीतलाई न्याय दिनका लागि सहयोग गर्नुपर्नेमा दबाब दिन नगरपालिकामा तालाबन्दी स्थानिय बताए ।
संघर्ष समितीले आज बिहानै देखी दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।शिक्षक बिष्टको मृत्यु शंकास्पद रहेकाले दोषीले चाडौ भन्दा चाडो पत्ता लगाउन माग राख्दै दशरथचन्द राजमार्ग अवरुद्ध पारेको संघर्ष समितीले जनाएको छ ।
यस्तै नगरक्षेत्रभित्रका बजार र विद्यालय पनि बन्द रहेका छन् । यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् ।
पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए ।
आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन् ।प्रहरीले घटनाको सुक्ष्म तरीकाले अनुसन्धान भैरहेको जनाएको छ । मंगलबार देखी सिआइवीको टोलीले घटनाको अनुसन्धान गरीरहेको छ ।
४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य जारी रहेको प्रहरीले जनाएको छन् ।