कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु, आमा घाइते

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर। कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–७, हरैयामा बुधबार बिहान टिप्परको ठक्करबाट ३ वर्षीय भरत ठकुल्लाको मृत्यु भएको हो।

बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। टिपरको ठक्करबाट बालककी आमा २९ वर्षीय पोन्टी ठकुल्ला घाइते भएकी छन्।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार