नवनिर्वाचित सुदूरपश्चिम प्रदेशका सदस्यलाई पुस ११ गते सफथ खुवाउने

महेन्द्रनगर । नवनिर्वाचित सुदूरपश्चिम प्रदेशका सदस्यहरुलाई पुस ११ गते सफथ खुवाउने भएको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनियताको सपथ खुवाउने तय भएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

अछाम क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुखबाट सोही दिन सपथ ग्रहण गराई रावलले अन्य ५२ जना प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने सचिव बोगटीले बताए ।

प्रदेशसभा सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम पनि आयोजना गर्ने भएको छ । सपथ ग्रहणपछि सचिवालय परिसरमै नवनिर्वाचित प्रदेश सदस्यहरुलाई चियापान गराउने कार्यक्रम समेत रहेको छ ।

निर्वाचन आयोगले पुष २ गते प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएको थियो ।

अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि बैठकको मिति तय गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । अन्तिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र प्रदेश प्रमुखको आह्वान बमोजिम नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ ।

ताजा समाचार