हाम्रो कार्यक्रममा भीनपाको आर्थिक सहयोग होइन प्राविधि त्रृटि भएको होःद्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र

महेन्द्रनगर । द्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले आयोजना गरेको मानव बेचविखन तथा ओसारपसार न्यूनिकरण तथा रोकथाम सम्बन्धि तालिम कार्यक्रमको व्यानर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मानव बेचविखन तथा ओसारपसार सम्बन्धि तालिम लेखिएको व्यानर सार्जजनिक भएपछि उक्त व्यानर तथा आयोजकमाथी यतिबेला सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठिरहेका छन् ।

द्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले आयोजना गरेको उक्त कार्यक्रमको व्यानरमा आर्थिक सहयोगी संस्था एवम् निकायको नाममा समेत त्रृटि भएको पाइएको छ ।

मानव बेचविखन तथा ओसारपसार सम्बन्धि तालिम,आर्थिक सहयोग भीमदत्त नगरपालिका आयोजक द्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र लेखिएको व्यानरमा प्राविधिक त्रृटि भएको द्धन्द्ध पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरका अध्यक्ष सीता बोहराले बताइन् ।

त्रृटि भएको ब्यानर
हुनुपर्ने वास्तविक व्यानर

‘सामाजिक सञ्जालमा भाइरल भएको हाम्रो कार्यक्रमको व्यानरमा मानव बेचविखन तथा ओसारपसार न्यूनिकरण तथा रोकथाम सम्बन्धि तालिम र आर्थिक सहयोगमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय हुनुपर्नेमा आर्थिक सहयोगमा भीमदत्त नगरपालिका र अन्य प्राविधिक त्रृटि भएकोले हामीले विज्ञप्ति जारी गरि क्षमा समेत मागिसेका छौ ।’

उनले भनिन् ‘उक्त कार्यक्रमा भीमदत्त नगरपालिको आर्थिक सहयोग होइन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको हो, प्राविधिक त्रृटिले गलतकुरा सार्वजनिक भयो ।’ उनले अगाडी भनिन् ‘प्राविधिक त्रृटिबस भएको हाम्रो व्यानरमाथी नकारात्मक सोच भएका मान्छेले भाइरल बनाए । कहिलेकाही काम गर्दा प्राविधिक त्रृटि हुन्छ तर आजको कुराले हाम्रा समाजका केही मान्छेका नकारात्मक सोच छ भन्ने कुरापनि प्रमाणित भयो ।’

ताजा समाचार