बझाङमा घाँस काट्ने क्रममा एक जना महिलाको भिरबाट लडेर मुत्यु

महेन्द्रनगर । बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ ।

बझाङको बुङ्गल नगरपालिका-८ जजल्ली बस्ने शर्मा देबि जागरीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार उनी बेलुकी करिब ५ः३० बजेको समयमा घासकाट्ने क्रममा लडेर घटना स्थलमै ज्यान गएको स्थानीयले जनाएको छ ।

थप विवरण भने आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ताजा समाचार