कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित पुनर्वासबाट दुई जनालाई पक्राउ

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर। अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पुनर्वासबाट दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–४ (घ) गाउँबाट ती दुई युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ अमरबस्तिका ३० वर्षीय राम बहादुर विक र सोही वडा अन्तर्गत डोकेबजारका राजु थापा रहेका छन्।

उनीहरुको साथबाट २ ग्राम ८८ मिलिग्राम खैरो हेरोइन फेला परेको हो।

spot_img

ताजा समाचार