रेशमका बुवा स्वतन्त्रमा जितेका नागरिक उन्मुक्तिमा प्रवेश, बुहारीले गरीन स्वागत

महेन्द्रनगर । बर्दियाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालबीर चौधरी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
पार्टीका संरक्षक रेशम चौधरीका बुवा लालबीर स्वतन्त्र उम्मेदवारी दिएर सांसद निर्वाचित भएका थिए।

टीकापुर हत्याकाण्डका मुख्य योजनाकारको आरोपमा काठमाडौंको डिल्लीबजार कारागारमा कैद जीवन बिताइरहेका रेशमले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि आफ्ना बुवा लालबीरलाई स्वतन्त्र उम्मेदवारको रूपमा उठाएका थिए।

निर्वाचित भएपछि शुक्रबार लालबीर औपचारिकरूपमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष तथा उनकी बुहारी रंजिता चौधरीले टीका लगाएर स्वागत गरिन्।

ताजा समाचार