बेदकोटका कार्यरत कर्मचारी माथि कुटपिट

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत कर्मचारीमाथि अराजक समुहबाट दुर्व्यवहार तथा कुटपिट भएको छ ।

आइतबार राति छाडा चौपायाको रेखदेखमा बसेका गणेश धानुकमाथी अराजक व्यक्ति तथा समुहले दुर्व्यवहार तथा कुटपिट गरेको नगरपालिकाले जनाएको छ ।

बेदकोट नगरपालिकामा रहेका छाडा चौपाया व्यवस्थापनका लागि हेरालाका रूपमा काममा खटिएका कर्मचारी गणेश धानुकमाथी भएको दुर्ववहार तथा कुटपिटको घटना प्रति खेद प्रकट गर्दै दोषी माथि छानबिन गरि कानुनी दायरामा ल्याउन नगरपालिका प्रशासनले प्रेस बिज्ञाप्ती जारी गरेको छ ।

ताजा समाचार