कैलालीमा एक लाख भन्दा बढी नक्कली नोट, जडीबुटी र बाघको हड्डीसहित पाँच जना पक्राउ

महेन्द्रनगर । नक्कली नोट र बाघको हड्डी र जडीबुटीसहित कैलाली प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

१ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए।

प्रहरीले नक्कली मुद्राको कारोबार भइरहेको सूचनाको आधारमा चुरे गाउँपालिका ६ का लाल बहादुर साउँदलाई पक्राउ गरेको थियो।

उप–महानगरपालिका वडा नम्बर १३ राजपुरस्थित एस एस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका ६ का लिलाधर मिश्र, डोटी शिखर नगरपालिका १० का करण सिंह धामी र डोटी कै बडिकेदार गाउँपालिका १ का मोहन सिंह बोहरालाई समेत प्रहरीले पक्राउ गरेको छ।उनीहरुको बयानको आधारमा डोटी शिखर नगरपालिका १० का टेकेन्द्र धामीलाई समेत फेलापारि पक्राउ गरेको छ।

धामी बस्ने कोठामा प्रहरीले एक लाख ३८ हजार नक्कली रुपैयाँ फेला पारेको छ।यस्तै, बाघको हड्डी ५ किलो ५३० ग्राम, जडिबुटी, बैङ्क तथा आई एम ई भौचर तथा चेकहरू बरामद गरेको हो।

प्रहरीले नक्कली नोट र बाघको हड्डी तथा जडीबुटी तस्करीमा संलग्न सबैमाथि अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार