जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु

महेन्द्रनगर । जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु भएको छ ।

जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर धनुषाको नगराइन नगरपालिका( २ का ३५ वर्षीय पुरन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विदेह नगरपालिकास्थित विदेही स्टेशनमा रेल चढ्न लागेको अवस्थामा रेलको लिकमा खुट्टा फसेर उनको मृत्यु भएको हो ।

गुडिसकेको रेलमा जबर्जस्ती चढ्न लाग्दा खुट्टा फसेर तल रेल्वे लिकमा किचिएको रेल्वे महाप्रबन्धक निरञ्जन झा बताए ।

ताजा समाचार