पुनर्वास–५ का कार्यालय सहयोगी मोटरसाइकल दुर्घटनामा परी मृत्यु

महेन्द्रनगर पुनर्वास नगरपालिका–५ का वडा कार्यालय सहयोगी मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

वडा नं. ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दिपक बहादुर श्रीमालको मृत्यु भएको ईलाका प्रहरीले जानकारी दिए।

श्रीमालको घर वडा नं. ५ मा रहेको र उनी वडा कार्यालयमा सहयोगीका रुपमा कार्यरत थिए।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको र सडकमा अचेत अवस्थामा फेला परेका श्रीमाललाई उपचारका लागि धनगढीस्थित सेती अस्पतालमा लगिएको थियो। उपचारका क्रममै उनको मृत्यु भएको हो।

पुनर्वास नगरपालिका र नगर कार्यपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालयहरु तथा विषयगत शाखाहरुमा आज शोक विदा रहने जानकारी नगरपालिकाले सूचनामार्फत दिएको छ।

ताजा समाचार