प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच छलफल

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्डा तय गरेको छ।

खुमलटारस्थित प्रधानमन्त्री प्रचण्डको निजी निवासमा भएको छलफलमा बिहीबारको बैठकका लागि एजेण्डा तय भएको प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले बताए।

‘बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच छलफल हुँदैछ। आजको छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा छलफल भयो। विस्तृत रूपमा बिहीबार छलफल हुनेछ,’ मल्लले भने।

एमाले अध्यक्ष ओली दुई वर्षपछि खुमलटार पुगेका हुन्।

ताजा समाचार