बेलडाँडीमा ऐलानी जग्गाको नापजाँच कार्य शुरू

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउपालिकामा ऐलानी जग्गाकाे नापजाच शुरू भएकाे छ ।

बुधबार गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाकाे अध्यक्षतामा बेलडाँडी गाउपालिका वडा नम्बर-५ झिलमिलाबाट एक औपचारिक कार्यक्रमका माझ प्रमुुख अतिथि जिल्ला समन्वय प्रमुख राम कुमारी रानाले रिवन काटेर जग्गा नापजाँच कार्यकाे उद्वघाटन गर्नु भएकाे हाे ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि सबै अव्यवस्थित, भुमिहिन, सुकुम्बासीलाई जग्गाकाे मालिक बनाउनमा सबैकाे सहयाेगकाे खाचाे रहेकाे भन्दै छिटाे भन्दा छिटाे काम शुचारू गरिनु पर्ने बताउनु भयाे ।

उनले भने “जनतालाई जग्गा धनी पुर्जा नहुदा धेरै समस्या रहेकाे बताउदै अब कामले पुर्णता पाउनेमा विश्वास व्यक्त रहेकाे बताउनु भयाे ।”

बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमीन दिलाएर जग्गाकाे मालिक बनाउने काम तिव्र गतिमा अघि बढाईने बताउनु भयाे ।

उहाँँले भने ” अहिले ५ नम्बर वडाबाट नापजाँचकाे कार्य थालनि गरियाे अब सबै वडामा काम अघि बढाईने बताउनु हुँदै चुनावि वाचा पूरा गर्ने गरि जनतालाई जग्गा धनी पुर्जा दिनेकार्यमा कर्मचारीलाई छिटाे कार्य गर्न निर्देशन समेत दिएकाे बताए ।”अहिले काम शुरू भएकाे छ, उनले भने ” कति समय लाग्छ यसकाे कार्य गती हेरेर कर्मचारीलाई व्यवस्थापन गरि नापजाँच टाेलि थपिने बताउदै सबैले यश कार्यमा सहयाेग गर्नु पर्ने बताउनु भयाे ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष शान्ति नाथले जनताकाे काममा सकेजति तिव्र गतिमा शरू गरिने बताए । उहाँले भने “निर्वाचनमा जनता संग धेरै वाचा मध्येकाे जग्गा धनी पुर्जा दिने एक पनि रहेकाे भन्दै अब बेलडाँडीका जनतालाई पुर्जा दिलाउने काम भैसकेकाे बताउनु भयाे ।

कार्यक्रममा स्थानिय वासिन्दाकाे उलेख्य सहभागिता रहेकाे थियाे । यसरी जग्गा नापजाँच कार्यकाे शुभारम्भ भए संग बर्षाे देखि जग्गा धनी पुर्जा पाउने आशामा रहेका स्थानिय वासिन्दा हर्षत बनेका छन् ।

ताजा समाचार