महेन्द्रनगर। भारत बनबासाबाट अवैध लागूऔषध चरेशसहित दुई जना नेपाली महिलालाई भारतिय प्रहरीले पक्राउ गरेको छ।
भारतीय प्रहरीका अनुसार बुधबार ४ किलो ३० ग्राम चरेशसहित दुई महिला पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–३ की ४३ वर्षीया गोमा घर्तिमगर र दाङ लमही नगरपालिका–३ की ४६ वर्षीया कमला मगर रहेका छन्।