कैलालीमा गोदावरी नगरपालिका पूर्णीमा मेडिकलको ताला तोडेर चोरी

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका( ७ जमुनागरस्थीत एक मेडिकलमा चोरी भएको छ। कैलालीको गोदावरीस्थीत पूर्व पश्चिम राजमार्ग छेउमा रहेको पूर्णीमा मेडिकलमा चोरी भएको हो। गोदावरी नगरपालिका वडा नम्बर ७ जमुनानगरमा च्यानल गेटको ताला टुटाएर गयराति चोरी भएको मेडिकलका संचालक प्रेम बमले बताए। चोरले पसलको गल्लाबाट नगद ७० हजारसहित बिभिन्न कागजात लगेको बताए।

उनले चोरले २ वटा नगरिकता, पासपोट, महालक्ष्मी बैंक चेकबुक, एटियम कार्ड लगेको बताए। उनले चोरी भएको राती २ बजे थाहा पाएर प्रहरीलाई खबर गरेको बताए । इलाका प्रहरी कार्यालय मालाखेतीले राती चोरी भएको खवर पाउने वितिकै प्रहरी टोली घटनास्थलमा पुगेको जनाएको छ । डिएसपी रविन्द्र राज उप्रेतीले चोरको खोजी कार्य भइरहेको बताएका छन ।

ताजा समाचार