साइप्रस पठाईदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ३० वर्षीय लुहार पक्राउ

प्रकाशित मिति:
spot_img
महेन्द्रनगर । कञ्चनपुर भिमदत्त नगरपालिका(६ घर भई काठमाडौं महानगरपालिका(९ पुरानो बानेश्वर बस्ने एक व्यक्ति पक्राउ परेका छन् । साइप्रस पठाईदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा  ३० वर्षीय विनोद लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लुहारले १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने गरी वर्किङ भिषामा साईप्रसको प्रतिष्ठित होटलमा काम लगाइ दिन्छु भन्दै पीडितबाट उक्त रुपैयाँ लिई ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(१० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको छ ।यस्तो छ प्रहरी बिवरण घटना विवरण

spot_img

ताजा समाचार