धनगढीको बसपार्कबाट ब्राउन सुगरसहित २ जना पक्राउ

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कैलालीको धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन।

धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित चौराहबाट क्याम्पस चोकतर्फ जाँदै गरेको मोटरसाइकलमा चेकजाँच गर्दा ब्राउन सुगर सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ६ बजे से ५ प ९३७१ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा फुलवारी बस्ने चालक २५ बर्षीय प्रताप ओखेडा र सोही मोटरसाइकलमा सवार २५ बर्षीय मनोज बिक ब्राउन सुगर सहित प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले चालकको खल्तीमा रहको ब्लु बुकको कवर भित्र सेतो प्लाष्टिकले बेरिएको एक पोका ४१० मिलिग्राम ब्राउन सुगर फेला परेको बताए । उक्त ब्राउन सुगरसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बताइएको छ ।

spot_img

ताजा समाचार