सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण

महेन्द्रनगर । सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरूले शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

दिउँसो १ बजे प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ ग्रहण गराएका हुन।सुरुवातमा प्रदेश प्रमुख देवराज जोशीले रावललाई शपथ खुवाएका थिए।

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्। सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ ग्रहण गर्न इच्छुकलाई नाम टिपाउन आग्रह गरेको थियो ।

सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीबाट ५ र नेपाली कांग्रेसकी १ जना समानुपातिक सांसद गरी ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गरेका थिए ।

ताजा समाचार