महेन्द्रनगर । कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ ।
भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।
कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बताए ।
अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ ।