बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु

प्रकाशित मिति:
spot_img

बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ । राजापुर नगरपालिका–१०, मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला चितुवाले ठकुरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो । बेपत्ता भएकी किशोरीको खोजी गर्ने क्रममा अभिभावकले घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ सिमलको झ्याङमा शव फेला पारेका थिए ।

मृतक किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा गहिरो चोट लागेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । उनको शव परीक्षण (पोस्टमार्टम) का लागि राजापुर नगर अस्पतालमा राखिएको छ ।

राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ज्यान गएको यो दोस्रो घटना हो । यसअघि गत असोज २२ गते पनि चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३, तिघ्राका ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो । उक्त नरभक्षी चितुवालाई डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर (केज) थापेर एक सातापछि नियन्त्रणमा लिएको थियो ।

spot_img

ताजा समाचार