कैलालीमा लागु औषधसहित एक जना पक्राउ

महेन्द्रनगर । कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाट स्थित भित्री सडकखण्डबाट राजकुमार चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरका ३० वर्षिय चौधरीको साथबाट प्रहरीले पाँच सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने लागुऔषधसहित प्रहरीले फेला पारेका हो।


ताजा समाचार