कैलालीमा लागूऔषध खेरो हिरोइनसहित एक जना पक्राउ

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर। कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खेरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

करिब ४ सय ७० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका–२ खर्गुवार बस्ने २३ वर्षीय सुदिप चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका चौधरीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

ताजा समाचार