नेपाली काँग्रेसको सुदूरपश्चिम संसदीय दलको नेताको उम्मेदवार बन्न २५ हजार शुल्क

महेन्द्रनगर । सुदूरपपिश्चममा नेपाली काँग्रेस दलको नेताको उम्मेदवार बन्न २५ हजार शुल्क तोकिएको छ।

आज धनगढीमा हुने काँग्रेस संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारका लागि २५ हजार शुल्क निर्धारण गरिएको हो।

काँग्रेसको प्रदेश कार्यसमितिका अनुसार दलको नेता सर्वसहमतीमा चयन गर्न नसकिएपछि बुधवार (आज) ४ देखि ५ बजेसम्म निर्वाचन हुँदैछ। निर्वाचन समितिका अनुसार प्रदेश उपसभापति लोकराज अवस्थी संयोजक, उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा काँग्रेस प्रदेश सदस्यहरु सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा समितिका सदस्य छन्।

नेपाली काँग्रेसका सात जना प्रदेश सभा सदस्यहरुले दलको नेताका लागि आकाङ्क्षा देखाएका छन्। प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का लगायतले काँग्रेस संसदीय दलको नेतामा आकाङ्क्षा देखाएका हुन्।

उनीहरु बिचमा सहमती नभएपछि आज निर्वाचन हुने भएको काँग्रेस प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा)ले बताए।सुदूरपश्चिममा काँग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्।

ताजा समाचार