अत्यधिक चिशो बढेपछि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय अत्यधिक चिशो बढेकोले सामुदायिक तथा संस्थागत विद्यालयहरुले विदा दिन थालेका छन् ।

भीमदत्त नगरपालिकाले पनि एक सुचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

बुधवार २१ गते देखी लागु हुने गरी पौष २४ गतेसम्म ४(चार) दिन विद्यालयहरुमा विदा दिने निर्णय गरिएको छ ।

ताजा समाचार